काठमाडौं । नेपाल धितोपत्र बोर्डले एक ब्रोकर कम्पनीलाई कारवाही गरेकाे छ । बोर्डले मार्केट सेक्युरिटिज एक्सचेन्ज प्रालिलाई कारबाही गरेको हाे ।

धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०७६को दफा १८(१)को व्यवस्थाको परिपालना नगरेकोले मार्केट सेक्युरिटिजमाथि कारबाही गरेको हाे ।

साथै धितोपत्र बोर्डले मार्केट सेक्युरिटिजमाथि सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४को दफा ७फको उपदफा (१)को खण्ड (ख)बमोजिम बोर्डले कारबाही गर्दै १० लाख रुपैयाँ जरिवाना समेत गरेको छ ।