काठमाडौँ । इटहरीमा टिपरले स्कुटरलाई ठक्कर दिँदा जनाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–६ वीरेन्द्र चोकस्थित सडकमा ना.१ ख ९१०७ नम्बरको टिपरले को.१४ प ५२६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार २ जनाको मृत्यु भएको हाे ।

मृत्यु हुनेहरूमा स्कुटर चालक इटहरी उपमहानगरपालिका–८ बस्ने ३९ वर्षीया सरिता चौधरी र २१ वर्षीया अन्सु चौधरी रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएकी सरिताको धरान घोपा र अन्सुको विराटनगर न्यूरो अस्पतालमा उपचारको क्रममा मंगलबार दिउँसो मृत्यु भएको हो ।

प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।