काठमाडौं । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ ललितपुरले ऋणी संस्थालाई कर्जा चुक्ता गर्न सूचना निकालेको छ । सहकारीले लिएको कर्जा नतिरेको भन्दै नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ ललितपुरले ऋणी संस्थालाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना निकालेको हाे ।

संघबाट कर्जा लगेर नतिरेपछि ललितपुरको गोदावरी नगरपालिका–१४ ठैबमा रहेको मुलडाँडा बहुउद्देश्यीय सहकारी संस्थाले नतिरेको भन्दै कर्जा भुक्तान गर्न ३५ दिने सूचना निकालेको छ ।

संस्थाले व्यवसायीक प्रयोजनका लागि लागेको कर्जाको साँवा, ब्याज लगायत अन्य दस्तुर आदि नतिरेको र संघसँग गरेको सम्झौता उंल्लघन भएको संघले जनाएको छ । ३५ दिन भित्र कर्जाको सम्पूर्ण साँवा, ब्याज आदी चुक्ता नगरेको खण्डमा धितोमा राखेको जग्गा लिलाम बिक्री गरी कर्जा असुल गर्ने जनाएको छ ।