काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस २६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।
साथै, बैठकले कम्पनीको आव २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश (बोनस सेयर तथा नगद लाभांशको करसहित) गरी कुल २१ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात् कम्पनीको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिने बैंकले जनाएको छ ।