काठमाडौं । आज बुधबार शेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ३९.२६ अंकले घटेर २,०४९.४४ को विन्दुमा कायम भएको छ ।
आज १४ वटा कम्पनीको मात्रै शेयर मुल्य बढेको छ भने २०८ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज २७७ कम्पनीको ८० लाख ९२ हजार ९६९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७ करोडमाथिको शेयर कारोबार भएको छ ।
बुधबार सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको १६ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन लाइफको १३ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको ९ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै आज सबैभन्दा धेरै सिटि होटल लिमिटेडका लगानीकर्ताले कमाएका छन् । आज कम्पनीको शेयर ९.९९ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मुल्य ६१५ रुपैयाँ कायम भएको छ ।
आज दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सिटी होटल र आजदेखि दोस्रो बजारमा कारोबारमा आएको रावा इनर्जिको शेयरामूृल्यमा सकारात्मक सर्किट लागेको छ ।
नेप्सेमा गिरावट आएसँगै सबै उपसूचकहरु राताम्मे भएका छन् । आज सर्वाधिक जीवन बीमा उपसूचक ३.३१ प्रतिशतले घटेको छ । त्यस्तै निर्जीवन बीमा उपसूचक २.७५ प्रतिशतले घटेको छ ।