काठमाडौं। माघ महिनाका लागि एनआईसी एशिया बैंकले ब्याजदर स्थिर राखेको छ । बैंकले पुसकै व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपकोलाई निरन्तरता दिएको हो ।

बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ ३ महीना अवधिका लागि ३.५० प्रतिशत, ३ महीनादेखि माथि १२ महीनाभन्दा कम अवधिका लागि ४ प्रतिशत, १२ महीनादेखि ५ वर्षभन्दा कम अवधिका लागि ५ प्रतिशत र ५ वर्ष वा सोभन्दा माथिका लागि ६।६० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

त्यस्तै, संस्थागततर्फ ६ महीनादेखि २ वर्ष अवधिका लागि ३ प्रतिशत, २ वर्षदेखि माथि ५ वर्षभन्दा कम अवधिका लागि ३.५० प्रतिशत र ५ वर्ष वा सोभन्दा माथिको अवधिका लागि ५.६० प्रतिशत ब्याजदर तोकेको हो ।

साथै, साथि बचत खातामा ५.१० प्रतिशत, सर्वश्रेष्ठ रेमिटेन्स बचत खातामा ६.१० प्रतिशत र अन्य बचत खातामा ३.१० प्रतिशत ब्याजदर निर्धारण गरेको छ।