काठमाडौँ । पुस महिनाको अन्तिम कारोबारका दिन सुनको मूल्यमा वृद्धि भएको छ । अघिल्लो दिन बढेको सुनको मूल्य आज तोलामा १ सय रुपैयाँले बढेको छ

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन भने सुनको मूल्य १ हजार ६ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदीको मूल्य आज प्रतितोला १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ। पछिल्लो केही कारोबारका दिन सुनको मूल्यमा लगातार बढोत्तरी आएको छ।