काठमाडौं । नेकपा (एमाले) को भातृ संगठन अनेरास्ववियुले ‘राष्ट्रपतिको लागि रु १ सहयोग संकलन अभियान’ थालेकाे छ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्योपचारमा भएको खर्च जम्मा गर्न उक्त सहयोग संकलन थालेको हाे ।

अनेरास्ववियुले व्यंग्यतात्मक रुपमा ‘राष्ट्रपतिको लागि रु १ सहयोग संकलन अभियान’ थालेको हो ।

राष्ट्रपतिको उपचारमा भएको खर्चको लागि परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयसँग ५५ लाख रुपैयाँ रकम विनियोजन गर्न पत्राचार गरेको थियो । उक्त निर्णयलाई लिएर चौतर्फी आलोचना भएको छ ।