विश्वकै दोश्रो सानो देश हो मोनाको । १.९५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो देश फ्रान्स नजिकै रहेको छ । जहाँ पैदल हिँडेर १ घण्टा भन्दा कम समयमा घुम्न सकिन्छ ।

संवैधानिक राजतन्त्र रहेको यो देश भुमध्यसागरको उत्तरी मध्य तटमा अवस्थित यो देशको तिनवटा दिशाको सिमा फ्रान्ससँग जोडिएको छ । जसको सुरक्षाको जिम्मा फ्रान्सले लिएको छ । ०.४४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको भ्याटिकन सिटी नामक देश विश्वकै सबैभन्दा सानो दशे हो ।एजेन्सी