काठमाडौं । फोनपे पेमेण्ट सर्भिस लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएका छ । हिजो सोमवार पुल्चोक, ललितपुरमा सञ्चालक समितिका अध्यक्ष श्री सशीन जोशीज्यूको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।

साधारण सभाले आ.व. २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफानोक्सान, हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुलाई पारित गरेको छ ।

यस्तै कम्पनीका शेयरधनीहरुलाई २०८१ अषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजीको १०.५३ प्रतिशत नगद लाभांस (कर समेत) वितरण गर्ने निर्णय गरेको छ ।