काठमाडौँ । अघिल्लो दिन प्रतितोला ८ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको छ । आज नेपाली बजारमा सुनको मूल्य ४ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार ४ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य आज १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ ।