काठमाडौँ । नेपाल राष्ट्र बैंकले गरेको नयाँ व्यवस्था अनुसार अब बैंकबाट ऋण लिएर सञ्चालन गरेको व्यवसाय बन्द भएमा ऋणी तत्कालै कालोसूचीमा नपर्ने भएका छन् ।

ऋणको ब्याज तथा सावाँको तोकिएको किस्ता नियमित भएको अवस्थामा व्यवसाय बन्द भए पनि त्यस्तो कर्जालाई कालोसूचीमा समावेश गर्नु नपर्ने राष्ट्रबैकले गरेको व्यवस्थामा उल्लेख छ ।

राष्ट्र बैंकले इजाजतपत्र प्राप्त सबै बैंक तथा वित्तीय संस्था, पूर्वाधार विकास बैंक तथा लघुवित्त वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनको निर्देशन नम्बर २ मा यस्तो थप व्यवस्था गरेको छ ।

यो व्यवस्था गर्नुअघि यस्तो कर्जा खराब कर्जा अन्तर्गत समावेश हुन्थ्यो । यसको अर्थ व्यवसाय बन्द भएको अवस्थामा जतिसुकै असल ऋणीको कर्जा पनि स्वतः खराब वर्गमा रूपान्तरण हुन्थ्यो। कुनै व्यक्तिले ऋण तिर्दा र बैंकलाई समेत तिर्छु भन्ने लागेको व्यक्तिलाई पनि खराब वर्गमै रूपान्तरण गर्नुपर्ने बाध्यता थियो ।