काठमाडौँ । अघिल्लो दिन प्रतितोला ४ सय रुपैयाँले बढेको सुनको मूल्य आज पुनः बढेको छ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ६ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन भने सुनको मूल्य तोलामा १ लाख ५५ हजार ४ रुपैयाँमा कारोबार भएको थियो।
साथै, आज सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य आज ५० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।