काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले ३३ हजार ८५२ कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको शेयर बिक्र्रीमा ल्याएको हो ।

बैंकले यो शेयर यसअघि नै संस्थापक शेयरधनीलाई प्राथमिकता दिई बिक्रीमा राखेको थियो। तर तोकिएको समयसम्म शेयर बिक्री नभएपछि सर्वसाधारण व्यक्ति वा संघसंस्थाले किन्न पाउने गरी पुनः बिक्रीमा राखेको हो।

उक्त शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले आफूले किन्न चाहेको शेयर विवरण खुलाई ७ दिनभित्र निवेदन दिनु पर्नेछ। निवेदन काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा बुझाउनु पर्नेछ।