काठमाडौं । बिहीबार सुनको मूल्य बृद्धि भएको छ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेकाे छ ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार सात सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै तेजावी सुनको मूल्य १ लाख १० हजार १५० रुपैयाँ कायम भएको महासंघले जनाएकाे छ ।
हिजो बुधबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँमा र तेजावी सुन प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर १ हजार तीन सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ ।