काठमाडौँ । साताको दोस्रो कारोबारका दिन सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । सोमबार नेप्से सूचक ६.७८ विन्दुले बढेर २६०७.९९ अंकमा बन्द भएको छ । आज ६ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यस दिन ८ वटा समूहका सूचक बढेका छन् । सोमबार बैंक तथा वित्तीय संस्थाहरूको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । विवरण अनुसार औसतमा बैंकहरुको नाफा सामान्य खुम्चिएको छ । समग्रमा झन्डै १५ प्रतिशतले मुनाफा वृद्धि गर्न विकास बैंकहरु सफल भएका छन् । यस आधारमा पनि रिपोर्टलाई लिएर समग्रमा आम लगानीकर्ताहरूले सकारात्मक प्रतिक्रिया नै दिएको सोमबारको बजारबाट बुझ्न सकिन्छ ।

आज बैंक समूहको ०.२० प्रतिशत, विकास बैंकको ०.६० प्रतिशत, फाइनान्स समूहको २.५३ प्रतिशत, हाइड्रोपावर समूहको ०.०२ प्रतिशत र माक्रोफाइनान्स समूहको ०.०४ प्रतिशतले घटेको छ । यस दिन ३११ कम्पनीको १ करोड ३६ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको।

२४ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा रिभर फल्स पावर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन पावर पाटर्नर र एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेड रहेका छन् ।