काठमाडौं । नबिल बैंकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई कम्बल वितरण गरेको छ । भूकम्पपछि जाजरकोट र रुकुम पश्चिममा बैंकले निर्माण गरेका ९६ वटा अस्थायी आवासमा बसोबास गरिरहेका प्रभावित परिवारलाई कम्बल वितरण गरिएको हो ।

१ माघमा एक कार्यक्रमको आयोजना गरी जाजरकोटको नलगाड नगरपालिका–१ का अध्यक्ष धनबहादुर महर र २ माघमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ का अध्यक्ष इन्द्रबहादुर गिरीको उपस्थितिमा प्रभावितहरूलाई कम्बल वितरण गरिएको बैंकले जनाएको छ।

यस वर्षको हिउँदमा पनि अस्थायी आवासमा बिताउनु पर्दा खासगरी वृद्धवृद्धा, बालबालिका र सुत्केरीहरुको स्वास्थ्यमा पर्नसक्ने समस्यालाई ध्यानमा राखी कम्बल वितरण गरिएको नबिल बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले बताए।

बैंकले आफ्‌नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीय सरकारसँगको साझेदारीमा जाजरकोटको नलगाड नगरपालिका–१ मा ४७ र रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ मा ४९ वटा अस्थायी आवास निर्माण गरेको थियो । सोही अस्थायी आवासमा बसोबास गर्ने परिवारका लागि कम्बल वितरण गरिएको बैंकले जनाएको छ।