काठमाण्डौ। मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ। सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर आजदेखि बिक्रीमा राखिएको हो ।

उक्त सेयर खरिद गर्न संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

यस्तो आवेदन बनेपामा रहेको कार्यालयमा लिखित आवेदन दिनु पर्नेछ । निर्धारित समयभित्र कुनै आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने संस्थाले जनाएको छ ।