काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले १ लाख बढी मानिसलाई स्वरोजगार बनाएको छ ।
कोषका सुचना अधिकारी सूचना आधिकारी सूर्य प्रकाश तिवारीले आर्थिक भ्वाइसलाई उपलब्ध गराएको तथ्यांक अनुसार आफ्नो स्थापना कालदेखि हालसम्मको १५ वर्षे अवधीमा १ लाख ९ हजार ३३९ जनालाई स्वरोजगार बनाएको छ ।
जसको लागि कोषले करीब १४ अर्ब १३ करोड ५८ लाख ३५ हजार बरावरको लगानी गरेको छ । यो अवधीमा कोषले ४२ हजार ५६३ जनालाई अभिमुखीकरण, ८ हजार ४४० जनालाई सीपमुलक र ६ हजार ७५७ जनालाई अनुशिक्षण तलिम प्रदान गरेको कोषको तथ्यांकले देखाएको छ ।
युवाहरुलाई स्वरोजगार बनाउनका लागि कोषले आफ्ना साझेदार सङ्गठन वा संस्थाहरूलाई आवश्यक अभिमुखीकरण, सीप विकास र क्षमता विकाससम्बन्धी तालिमहरू प्रदान गर्नका सहजीकरण गर्ने गरेको छ । जसअन्तर्गत कोषले कर्जा लिन चाहने युवाहरूलाई कोष, कर्जा लिने प्रक्रिया, त्यसमा लाग्ने ब्याज, साँवा ब्याज तिर्ने प्रक्रिया तथा ऋण लिनका लागि अभिमुखीकरण तालिम, सफल व्यवसायी बन्नसक्ने खालका क्षमता अभिवृद्धि तालिमहरू पनि कोषले प्रदान गराउँदै आएको छ ।
जस अनुसार कोषले हालसम्ममा ४२ हजार ५६३ जना व्यवसायीलाई अभिमुखीकरण तालिम प्रदान गरेको छ । कोषले आर्थिक भ्वाइसलाई उपलब्ध गराएको तथ्यांक अनुसार ८ हजार ४४० जना व्यवसायीलाई सीपमूलक तालिम र ६ हजार ७५७ वित्तीय संस्था तथा सहकारीका पदाधिकारीलाई अनुशिक्षण तालिम प्रदान गरिएको छ भने ४२ हजार ५६३ जनालाई अभिमुखीकरण तालिम प्रदान गरिएको छ ।
यस्तै कोषले नियमित रूपमा सावाँ ब्याज भुक्तानी गर्ने व्यवसायीलाई ६० प्रतिशत ब्याज अनुदान प्रदान गर्ने व्यवस्था समेत कोषले गरेको छ । यो अवधीमा कोषबाट १५ हजार १४५ जनाले १६ करोड ३१ लख ६० हजार ४४३ रुपैयाँ बरावरको ब्याज अनुदान प्राप्त गरेका छन् ।
यस्तै कोषबाट कर्जा उपयोग गर्ने सबै व्यवसायीको कोषले निशुल्क बीमा गर्ने व्यवस्था समेत गरेको तिवारीले बताए । उनका अनुसार यो १५ बर्षको अवधीमा कोषबाट कर्जा लिएका ८० हजार ९९२ जना व्यवसायीको बीमा गरिएको छ । यसअन्तर्गत १ हजार ३२६ जना व्यवसायीलाई ७ करोड ८ लाख १० हजार ९३८ रुपैयाँ बरावरको बीमा क्षतिपूर्ति उपलब्ध गराइएको छ ।
कोषले देशका बेरोजगार युवाहरूलाई स्वरोजगार बन्न ऋण प्रदानमा सहजीकरण मात्र गर्ने नभई स्वरोजगारीका विभिन्न क्षेत्रको पहिचान र सम्भाव्यता अध्ययनका लागि देशभरिमा अध्ययन अनुसन्धान कार्यलाई पनि उच्च प्राथमिकता दिएको सुचना अधिकारी तिवारीले आर्थिक भ्वाइससँगको कुराकानीका क्रममा बताएका छन् ।
देशमै पूँजीको व्यवस्था गरी देशको उत्पादनशील र सीपयुक्त युवा जनशक्तिलाई पूँजी र कामको अभावमा विदेश पलायन हुने प्रवृत्तिलाई निरुत्साहित गर्न सरकारबाट वि.स. २०६५ सालमा यो कोषको स्थापना गरेको थियो ।
यस्तो छ युवा तथा साना व्यवसायी स्वरोजगार कोषले हालसम्म गरेको लगानी तथा तालिम प्रदान सम्बन्धी तथ्यांक