काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाले कम्पनीका केही संस्थापक शेयरधनीहरुको नाममा रहेको संस्थापक शेयर बिक्री गर्न लागेको हो ।

उक्त संस्थापक शेयरमा विद्यमान संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खदिर आवेदन दिन सक्नेछन् ।

ईच्छुक लगानीकर्ताले ३५ दिनभित्र आवश्यक कागजपत्रसहित काठमाण्डौको ज्ञानेश्वरस्थित संस्थाको केन्द्रीय कार्यालयमा निवेदन दिन सक्नेछन् ।