काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा करेक्सन भएको छ । अघिल्लो दिन उच्च सुधार देखिएको बजारमा आज दोहोरो अकंको गिरावट आएको हो।

उक्त दिन बजार ११.१० अंकले घटेर २६५४.३५ को विन्दुमा कायम भएको छ । आज ३१८ कम्पनीको १ करोड ५१ लाख ४ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८५ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ। बुधवार ९ अर्बको कारोबार भएको थियो । बाह्य अर्थतन्त्र सबल देखिएको कारण बजारले गति लिने अपेक्षा गरिएको छ  ।

आज ११ उपसूचक राताम्य भएका छन्। बिहीबार बैंकिङ समूहको ०.६१ प्रतिशत, फाइनान्स समूहको २.४३ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.७८ प्रतिशत, हाइड्रोपावर समूहको ०.५५ प्रतिशतले शेयर मूल्य घटेको छ।

उक्त दिन बजारमा गिरावट आउँदा पनि सामुदायिक लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक र सिक्लेस हाइड्रोपावर कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

उक्त दिन सबैभन्दा बढी सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३० करोड ८६ लाख ९० हजार रुपैयाँ बराबरको कारोबार भएको छ।त्यस्तै, दोस्रो स्थानमा रहेको एनआरएन इन्फ्रास्ट्रक्चरको ११ करोड ७३ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन यूनाइनेट इदीमार्दी आरबी हाइड्रोपावरको १९ करोड ५५ लाख ४८ हजार रुपैयाँ , सिन्धु विकास बैंकको १७ करोड रुपैयाँको कारोबार भएको हो ।