काठमाडौँ। यस साताको अन्तिम कारोबारका दिन आज शुक्रवार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

आज सुन तोलामा एक हजार रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

पुस महिनामा हालसम्मकै उच्च परिमाणमा सुन आयात, ४ अर्ब बढीकोे लागत

यता, चाँदीको मूल्य पनि प्रतितोला एक हजार ८८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । त्यस्तै, अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्य ०.५१ प्रतिशत अर्थात १४।०७ डलरले बढेको छ । यो वृद्धिसँगै सुनकोृ मूल्य प्रतिऔंस २ हजार ७७२ डलर कायम भएको छ ।