काठमाडौं। बेष्ट फाइनान्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ। फाइनान्सले कम्पनीका संस्थापक सेयरधनीहरुका नाममा रहेको ५ लाख ३५ हजार ९२७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो।
उक्त सेयरमा हाललाई कम्पनीका संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र निवेदन दिनुपर्नेछ।
इच्छुकले निवेदन काठमाडौंको कमलादीस्थित कम्पनीको प्रधान कार्यालयमा दिन सकिनेछ। तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने कम्पनीले उल्लेख गरेको छ ।