माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७९ चैत १७ गतेदेखि २९ गते सञ्चालन भएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्यालयका कूल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता रहेका थिए ।
जसमध्ये २२ हजार ४७५ विद्यार्थीले ए प्लस जीपीए अंक ल्याएको परीक्षा नियन्त्रक विष्णुनारायण शर्माले जानकारी दिए । जुन गत वर्षको भन्दा ४.६३ प्रतिशत रहेको छ । अघिल्लो वर्ष ९ हजार ६३३ विद्यार्थीले ए प्सल जीपीए ल्याएका थिए ।
त्यस्तै, जीपीए ३.२० देखि ३.६० सम्म ५५ हजार ६९, २.८० देखि ३.२० सम्म ७२ हजार ३६२, २.४० देखि २.८० सम्म ८९ हजार ३३१ २.०० देखि २.४० सम्म १ लाख २ हजार २९३, १.६० देखि २.०० सम्म ८८ हजार ४४७, १.२० देखि १.६० सम्म ३८ हजार ७७० र ०.८० देखि १.२० सम्म २२ सय जनाले प्राप्त गरेका छन् ।
परीक्षा नियन्त्रण कक्षा १० को कार्यालयका अनुसार ग्रेडिङमा नतिजा प्रकाशित भएको हो । बोर्डले एसईईको नतिजा वेबसाइट,एसएमएस र आईभीआरबाट हेर्न सकिने व्यवस्था गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा प्रकाशनका लागि १९ संस्थाले अनुमति पाएका छन् । जसमा १४ वटामा वेबसाइटबाट हेर्न सकिनेछ । त्यस्तै ५ वटाबाट एसएमएस र आईभीआरबाट नतिजा प्राप्त गर्न सकिनेछ ।
यसरी हेर्नुस नतिजा
परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा जान्न सकिने व्यवस्था गरेको छ । त्यस्तै एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ ।
एसएमएसबाट हेर्न एसईई स्पेस सिबोलनम्बर टाइप गरी १६००, ३१००३, ३४९४९, ३५००१ र ३१०६४ मा एसएमएस गरेर रिजल्ट हेर्न सकिन्छ ।
नतिजाका हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा १० को परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.see.gov.npमा हेर्न सकिने बोर्डले जनाएको छ ।