काठमाडौँ । बुधवार राति ९ बजेको समयमा अमेरिकामा सेनाको हेलिकप्टर ठोकिएर नदीमा खसेको अमेरिकी विमान दुर्घटना स्थलबाट १८ जनाको शव निकालिएको छ।

रेगन वासिङ्टन राष्ट्रिय विमानस्थल नजिकै पोटोम्याक नदीमा ६४ जना सवार अमेरिकी विमान दुर्घटनामा परेको र हालसम्म १८ जनाको शव निकालिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा समाचार छ।

अमेरिकामा ६४ जना यात्रु सवार विमान र सैनिक हेलिकोप्टर ठोक्किए

 

सेनाको हेलिकप्टरमा तीन जना रहेको बताइएको छ। युएस फेडरल एभिएसन एडमिनिस्ट्रेशन (एफएए) ले बुधवार रोनाल्ड रेगन वाशिङटन राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा एक यात्रुवाहक विमान हेलिकप्टरसँग ठोक्किएको पुष्टि गरेको हो।