काठमाडों । अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले शुक्रबार बिहान आइपीओ बाँडफाँड गरेको हो।

क्यापिटलका अनुसार आइपीओमा कुल १२ लाख ४ सय ७६ जना आवेदकबाट कुल १ करोड २८ लाख २५ हजार ५ सय ३० कित्ताको लागि आवेदन परेको छ । जस मध्ये ११ लाख ९८ हजार ७७ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ । २३९९ जनाको आवेदन रद्द भएको छ । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरेको हो । जस अनुसार ५३ हजार ९ सय ५० जनाले मात्र १० कित्ताको दरले शेयर पाएका छन् ।

कम्पनीले असार १० गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको थियो । यसअघि आयोजना प्रभावित स्थानिय बासिन्दा र बैदेशिक रोजगारीमा गएका नेपालीका लागि निष्काशन गरेको आइपीओ बाँडफाँड गरी सकेको छ । कम्पनीले ६ करोड ५० हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको थियो । जसमा १ सय अंकित मूल्यमा ६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको थियो । यस मध्ये १० प्रतिशत ९६५ हजार कित्ता० वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ ।

कम्पनीले निर्माण गरीरहेको २.४ मेगावाटको माथिल्लो स्याङ्गे खोला साना जलविद्युत आयोजनाको कुल अनुमानित लागत ५० करोड ४८ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड ३ लाख रुपैयाँ रहेको छ।