काठमाडौँ। आज साताको पहिलो कारोबारका दिन नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ।
शुक्रवारका दिन उच्च मूल्यले बढेको सुन आज स्थिर रहँदा चाँदीको भने सामान्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदी तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार ९१० रुपैयाँमा कारोबार भइरहेको हो ।