काठमाडौँ। आज सहित चार दिनयता सुनको मूल्य लगातार स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारयता सुनको मूल्य १ लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।
गत बिहीबार तोलामा १ लाख ६० हजार ५०० कायम भएको छापावाल सुनको मूल्य शुक्रवार तोलामा १ लाख ६२ हजार ८०० रुपैयाँ कायम भएको थियो । यस्तै आइतवार पनि सोही मूल्य कायम भएको सुनको मूल्य सोमबार समान मूल्यमा कारोबार भएको महासंघले जनाएको छ।
महासंघले चाँदीको मूल्य भने घटेको जनाएको छ। आइतबार तोलामा १ हजार ९१० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर तोलामा १ हजार ८९५ रुपैयाँ कायम भएको हो ।