काठमाडौँ। फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख ६३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ।

संस्थाले ग्रामिण महिला उत्सुकता विकास मञ्चको स्वामित्वमा रहेको शेयर बिक्रीमा ल्याएको हो। संस्थाले उक्त शेयर प्रतिकित्ता ५३१ सय रुपैयाँका दरले बिक्रीमा राखेको छ। शेयरधनीहरुले न्युनतम् १ हजार कित्ता वा सो भन्दा बढी आफ्नो क्षमता अनुसार खरिद गर्न सक्नेछन्।

उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित मितिले ३५ दिनभित्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलमा आवेदन दिनुपने छ।