काठमाडौँ । सुनको मूल्यमा दैनिक रूपमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ९ सय रुपैयाँले बढेको छ ।
यो वृद्धिसँगै आज सुनको मूल्य १ लाख ६४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन एक तोला सुनको मूल्य १ लाख ६२ हजार ८ सय रुपैयाँ कायम थियो ।
आज सुनसहित चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज प्रतितोला ३५ रुपैयाँले बढेको छ। अघिल्लो दिन प्रतितोला १ हजार ८९५ रुपैयाँ रहेको चाँदीको मूल्य आज १ हजार ९३० रुपैयाँमा कारोबार भएको छ ।