काठमाडौँ । अमेरिकी डलरको भाउ आजसम्मकै उच्च बिन्दुबाट सामान्य घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज माघ २३ गते बुधवारका लागि १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३९ रुपैयाँ ६२ पैसा कायम भएको छ । यस्तै, खरिददर १३९ रुपैयाँ ६२ पैसा छ ।
मंगलबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३९ रुपैयाँ ८० पैसा तथा खरिददर १३९ रुपैयाँ २० पैसा थियो । यो हालसम्म कै उच्च भाउ हो। त्यस्तै, आज १ युरोको बिक्रीदर १४४ रुपैयाँ १४ पैसा रहेको छ भने खरिददर १४३ रुपैयाँ ५२ पैसा रहेको छ। बेलायती पाउन्ड १ को बिक्रीदर १७३ रुपैयाँ ३५ पैसा र खरिद दर १७२ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
साथै, अष्ट्रेलियन डलर १ को खरिददर आज ८६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७० पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९६ रुपैयाँ ३६ पैसा र बिक्रीमा ९६ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।