काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्तको अधिकांश सूचकमा गिरावट देखिएको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा लघुवित्त ६ करोड २७ लाख रुपैयाँ नोक्सानमा देखिएको हो । गत वर्ष भने सोही अवधिमा २ करोड ४८ लाख नाफा कमाएको थियो ।
यसको इम्पेयरमेन्ट चार्ज ७ करोड ५७ लाखबाट बढेर २६ करोड २४ लाख पुगेको छ । यसअवधिमा नेरुडे मिर्मिरेले ६ करोड ८६ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको छ । यसको खराब कर्जा ८.४७ प्रतिशत रहेको छ ।
यसअवधिमा कम्पनीको निक्षेप संकलन सामान्य बढेको छ ।
यस्तै कर्जा लगानीमा पनि गिरावट आएको छ । कम्पनीको खुद ब्याज आम्दानी भने १६१.३४ प्रतिशतले बढेको छ । यो लघुवित्त प्रतिसेयर ८.९७ रुपैयाँ नोक्सान (वार्षिक) मा देखिएको छ । यसको प्रतिसेयर नेटवर्थ १८४.२४ रुपैयाँ छ ।