काठमाडौँ । यस यो साता सेयर बजार भदौयताकै उच्च कारोबार भएको छ । साताभरमा १.५ प्रतिशत अर्थात् ४२ अंक बढेको शेयर बजारमा साताको पहिलो कारोबारका दिन आइतबार १२ अर्ब ९५ करोडको कारोबार भएको थियो ।

गत साता २६५७ मा बन्द भएको बजार यो साता २६९९ अंकमा बन्द भएको छ । यो साता पाँचै दिन कारोबार  भएको छ
पहिलो दिन आइतबार ६९.८० अंक बढेको बजार सोमबार थप २.४१ अंक बढेको थियो। त्यसपछिका तीन दिन लगातार घट्यो

त्यसपश्चात् मंगलबार १४.०८, बुधवार ४.४५ र बिहीबार ११.६४ अंकले बजारमा गिरावट आएको हो । गत साता जम्मा ३ अंक बजार बढेको थियो । यो साता आइतबार १२ अर्ब ९५ करोडको कारोबार भयो । जुन कारोबार रकम भदौयताकै उच्च हो ।

त्यसपछि लगातार सुस्ताएको बजारमा कारोबार रकममा समेत गिरावट आएको थियो । सोमबार ११ अर्ब ८७ करोड, मंगलबार ८ अर्ब ९१ करोड, बुधवार ८ अर्ब ९५ करोड र साताको अन्तिम कारोबारका दिन बिहीबार ९ अर्ब २४ करोडको कारोबार भएको छ ।