काठमाडौं । ‘आइएमई पे’ ले ग्राहकवर्गलाई आकर्षक क्यासब्याकको अफर ल्याएको छ । असार २२ गते शुक्रबार साँझ ६ बजे सम्म ०१ ५९७०७६ नम्बरमा मिसकल दिने ग्राहकवर्गले रु ३०० सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

सो नम्बरमा ग्राहकवर्गले एक पटक मिसकल दिन साथ क्यासब्याकका लागि योग्य हुने छन् । जति पटक मिसकल गरे पनि प्रत्येक ग्राहकले रु ३०० सम्मको मात्र क्यासब्याक प्राप्त गर्न सक्नेछन् । उक्त प्राप्त क्यासब्याक शुक्रबार साँझ एसएमएस मार्फत ग्राहकवर्गलाई सुचित गराईनेछ भने क्यासब्याकको प्रयोग ग्राहकवर्गले असार २३ शनिबार गर्न पाउने छन् ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । “आइएमई पे” आइएमई ग्रुपको डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो ।