काठमाडौँ । शुक्रवारका दिन ओरालो लागेको सुनको मूल्यमा आज आइतवारका दिन बढोत्तरी आएको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १०० रुपैयाँले उकालो लागेको हो।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। यता, चाँदीको मूल्य भने प्रतितोला एक हजार १६०रुपैयाँमा किनबेच भइरहेको छ ।

अन्तराष्ट्रिय बजारमा समेत सुनको मूल्य निरन्तर बढेको छ । पछिल्लो कारोबारमा सुनको मूल्य १०.५८ डलरले बढ्दै प्रतिऔंस २ हजार ८६१ डलर कायम भएको छ ।