काठमाडौँ। साताको पहिलो कारोबारका दिन शेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । यो संगै शेयर बजारमा लगातार चौथो दिन गिरावट आएको हो। लगानीकर्ताको मनोबल कम्जोर बन्दै जादा बजार दैनिक रुपमा घटेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.४९ अकंले घटेर २६८८.३१ बिन्दुमा कायम भएको छ। आज ३०५ कम्पनीको १ करोड ५८ लाख ५१ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३८ करोडको शेयर कारोबार भएको छ।

पुँजी बजारको बढोत्तरीको विकल्प: नीतिगत सुधार कि नयाँ स्टकको आवश्यकता ?

त्यस्तै, आज ९ समूहको शेयर राताम्य भएको छ । आइतबार बैंकिङ समूहको ०.३५ प्रतिशत, विकास बैंक समूहको १.३५ प्रतिशत, होटल तथा पर्यटन समहको ०.२४ प्रतिशतले शेयर मूल्य घटेको छ। आज २ वटा कम्पनीमा सकारात्मक सर्किट लागेका छन् । ४ वटा समूहका सूचक सकारात्मक देखिएका छन् ।

नाफा बुक गर्ने समूहहरु हावी हुँदा बजार थप केही तल झरेको जानकारहरुको भनाई छ। पटकपटक प्रयास गरे पनि नेप्से २७ सयको एरियाबाट माथि जान सकेको छैन । यो तहमा पुग्ने बित्तिकै क्रेताभन्दा बिक्रेता हावी हुने गरेका छन् ।