काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा २ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेकाे छ । अख्तियारले धनुषा नगराइन नगरपालिका–२ का वडा अध्यक्ष बुलन यादव र वडा सचिव अमृत नारायण मिश्रविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हाे ।

सडक निर्माणकार्य सम्पन्न सिफारिश गरिदिएबापत सेवाग्राहीसँग रु ७० हजार घुस लिएको अभियोगमा आयोगले केही दिन पहिले उनीहरुलाई पक्राउ गरेको थियो ।

आयोगले उनीहरुविरुद्ध बिगो बमोजिमको कारवाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।