काठमाडौं । एभरेष्ट बैंकले बझाङको साइपालमा शाखा विस्तार गरेको छ ।
यो सँगै देशको ७५३ स्थानीय तहमै ‘क’ वर्गका बैंकको शाखा पुगेको छ । एभरेष्ट बैंकले आज बझाङको साइपाल गाउँपालिकामा एभरेष्ट बैंक लिमिटेडले शाखा खोलेको हो ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उक्त शाखाको उद्घाटन गरेका हुन् । शाखा उद्घाटनमा एभरेष्ट बैंकका अध्यक्ष बालगोपाल बैद्य, तथा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ लगायतको टोली पुगेको थियो।