काठमाडौं । काठमाडौैंको भृकुटीमण्डपमा गत बिहीवारदेखी ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५’ प्रविधि प्रदर्शनी भैरहेको छ । जसलाई सूचना प्रविधिसम्बन्धी नेपालकै सबैभन्दा ठूलो प्रदर्शनीका रुपमा समेत लिइएको छ ।

साइबर सुरक्षा, कृषि प्रविधि, हस्पिटालिटी, बैंकिङ सोलुसन तथा अन्य अत्याधुनिक प्रविधि समाधानहरू उक्त पदर्शनीको आकर्षणको केन्द्र बनेका छन् । यस्तै नेपालको अन्तरिक्ष मिसन सम्बन्धी कुराहरु पनि क्यान इन्फोटेकमा अवलोकन गर्न पाइन्छन् । नेपालले यसभन्दा पहिले नै प्रक्षेपण भैसकेका स्याटेलाइटका नमुनाहरू लाई पनि इन्फेटेकमा समावेश गरिएको छ । यस्तै नवीनत्तम प्रविधि हेर्न, कतिपय सूचना प्रविधिसँग परिचत हुन खोज्नेको लागि यो पदर्शनी कोशेढुंगा सावित भएको छ ।

क्यान इन्फोटेकमा मुख्य आर्कषणको बिन्दु भनेको अन्तरिक्ष प्रतिष्ठान नेपालको स्टल पनि हो । जहाँ नेपालको आफ्नै आर्थिक श्रोत र जनशक्तीबाट निर्मित पहिलो स्याटेलाइट नेपालीस्याट–१ को अवलोकन गर्न पाइन्छ । नेपाल सरकारको तर्फ बाट नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र जापानको क्युशु इन्स्टिचुट अफ टेक्नोलोजी (क्युटेक) बिच सम्झौता भई यो स्याटेलाईटको निर्माण गरिएको थियो । जसको नमुना इन्फोटेकमा हेर्न पाइन्छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान र अन्तरिक्ष प्रतिष्ठान बीचको सहकार्यबाट सञ्चालित प्रोजेक्ट मुनाल, सीमान्तकृत चेपाङ समुदायका विद्यार्थीहरूलाई तालिम दिएर माध्यमिक विद्यालयबाट नै नामक क्यूबस्याट निर्माण परियोजना स्लिपर्स२स्याट को बारेमा पनि इन्फोटेकबाट जानकारी लिन सकिन्छ । डाँफे अन्तरिक्ष मिसन सहित सास्तो क्यूबको बिषय समेत इन्फोटेकमा समेटिएको छ । इन्फोटेकमा पूजा श्रेष्ठद्वारा लिखित र नेपालीस्या–१ बाट प्रेरित बाल पुस्तक द यंग स्याटेलाइट बुक पनि स्टलमा बिक्री तथा प्रदर्शनीका लागि राखिएको छ ।

नेपालमै अन्तरीक्ष वा स्याटेलाइट प्रविधिको विकास गर्दै आर्थिक श्रोत र मानव जनशक्तिको विकास गर्दे अगाडी बढ्न सकिन्छ भन्ने सन्देश दिनको लागि यस्तो इन्फोटेकले महत्वपुर्ण भुमिका निर्वाह गर्ने अन्तरिक्ष प्रतिष्ठान नेपालका सुजन ट्याटाले बताए ।