काठमाडौँ । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोलामा ६ सय रुपैयाँले बढ्दै एक लाख ७० हजार २ सय कायम भएको छ ।

सोमबार तोलामा १ लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको मूल्य भने घटेको छ । सोमबार १ हजार ९७५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ९४५ मा कारोबार भएको हो ।