काठमाडौं। सन नेपाल लाइफ लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद बिमा शुल्क आम्दानी ३७.८१ प्रतिशतले बढेर २ अर्ब १८ करोड रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा कम्पनीले २८ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । साथै यस अवधिमा कम्पनीले १० अर्ब २८ करोड रुपैयाँ लगानी गरेको छ ।

यस अवधिमा कम्पनीको जीवन बीमा कोषमा आठ अर्ब ९६ करोड ९४ लाख रुपैयाँ संचित रहेको छ । गत बर्षको सोही अवधीमा छ अर्ब ४३ करोड रुपैयाँ कोष रहेको थियो ।

चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख ६० हजार रुपैयाँ कम्पनीको रिटेन्ड अर्निङमा ७७ करोड १७ लाख रुपैयाँ रहेको छ । साथै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ ।

यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ २६ पैसाबाट बढेर १४ रुपैयाँ २५ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ १२ पैसा छ ।