काठमाडौँ । शेयर लगानीकर्ता तारा प्रसाद फुल्लेलले शेयर बजारको शिक्षा र भ्रमको बारेमा आधारित लघुकथा लेख्दै सामाजिक सञ्जालमा व्यङ्ग गरेका छन्। उनले शेयर बजार जुवा होइन, समझदारी र धैर्यको खेल हो भन्ने शिक्षा दिन उक्त लघुकथा लेखेका छन् । प्रस्तुत छ उनको शिक्षामूलक लघुकथा
कृष्णले केही समयअघि शेयर बजारमा लगानी गर्न थालेका थिए ! सुरूमा राम्रो नाफा कमाएपछि उनी झनै उत्साहित भए ! बिहानै उठेर बजार खुल्ने प्रतिक्षा गर्ने, उतार-चढाव हेरिरहने, कम्पनीहरूको वित्तीय विवरण खोतल्ने उनको दिनचर्या बनिसकेको थियो !
एक दिन, उनले एउटा नयाँ कम्पनीको शेयर किन्न सल्लाह पाए ! कम्पनीबारे राम्ररी अध्ययन नगरी हतारमा सबै पैसा लगानी गरे ! सुरुवातमा मूल्य बढ्यो, कृष्णले अझै थपे ! तर, अचानक बजार ओरालो लाग्यो ! कम्पनीको वित्तीय स्थिति कमजोर रहेको खबर आयो र शेयरको मूल्य दिनहुँ घट्न थाल्यो !
अब कृष्ण चिन्तित भए ! बेच्न खोज्दा पनि ठूलो घाटा थियो ! दिनरात तनावमा बित्न थाल्यो ! उनले बल्ल बुझे.. शेयर बजार केवल नाफाको खेल मात्र होइन, धैर्य, अनुसन्धान, र सही निर्णयको पनि हो।
त्यस दिनदेखि उनले सोचेजस्तै लगानी गर्न थाले ! बजारको चाल मात्र होइन, कम्पनीको आधारभूत पक्ष पनि हेर्न थाले ! अब उनी नाफा मात्र होइन, दीर्घकालीन रणनीतिमा ध्यान दिन थालेका छन !