काठमाडौं । साताको चौथो कारोबारका दिन आज नेप्से सूचक १.८६ विन्दुले बढेर २६८५.७३ अंकमा रोकिको छ । आज शेयर बजारमा ८ अर्ब ७१ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ।
त्यस्तै, एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा ४ वटा समूहको सूचक सकारात्मक बनेका छन्। नेप्से २६ सयको तहमा आएपछि भने नेप्से सूचकमा खासै ठूलो उतारचढाव देखिएको छैन ।
यस दिन विकास बैंक, फाइनान्स र लगानी सेक्टरमा लगानीकर्ताको आकर्षण देखिएको छ । विकास बैंक १.३३, फाइनान्स १.५६ तथा लगानी १.२२ प्रतिशत बढेको छ। जीवन बीमा ०.४८ प्रतिशत बढ्यो । बैंकिङ ०.०९, होटल तथा पर्यटन ०.६३, हाइड्रोपावर ०.०४, उत्पादन ०.३१, माइक्रोफाइनान्स ०.११, निर्जीवन बीमा ०.०३, अन्य ०.४७ र व्यापार समूह ०.९१ प्रतिशत घटेको छ ।
सेयर बजारका लागि महत्वपूर्ण मानिने बैंक ब्याजदर तल्लो विन्दुमा आएको छ। बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था छ । यसले पनि बजार माथि जानलाई सहयोग गरिरहेको छ । यस्तै, फागुनका लागि बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । प्रायः सबैले माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । अब केही समय ब्याजदर स्थिर बस्ने सक्ने संकेत पनि मिलेको छ ।
ब्याजदर स्थिर रहँदा पनि अझै कतिपय बैंकहरुको बेस रेट घट्ने अवस्था छ । यसले गर्दा ब्याजदर थप सस्तो हुन सक्ने देखिन्छ । यी कारणहरुले पनि ढिलोचाँडो सेयर बजारलाई फाइदा नै पुग्ने अवस्था छ ।