काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाले नेपाल धितोपत्र बोर्डबाट एफपीओ निष्कासनको अनुमति पाएको छ ।
बोर्डले कम्पनीलाई अंकित मूल्य १०० रुपैयाँमा ५१ लाख २९ हजार २ सय रुपैयाँ बराबरको ५१ हजार २९२.५० कित्ता एफपीओ जारी गर्न अनुमति दिएको हो ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले गर्नेछ ।