काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।
बैंकले अफिस सेक्रेटरी पदमा केही संख्याले कर्मचारी मागेकाे छ ।
सो पदमा आवेदन दिनको लागि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने छ । साथै अनुभवि उम्मेदवारलाई बढी प्राथमिकता प्रदान गरिने बैंकले जनाएको छ ।
उक्त पदमा आवेदन दिन इच्छुक उम्मेदवारले साउन ६ गतेसम्म बैंकको वेवसाईट मार्फत आवेदन दिन सकिनेछ ।