काठमाडौं । साताको अन्तिम कारोबारका दिन नेपाली बजारमा सुनको मूल्यमा पुनः वृद्धि भएको छ । आज सुन तोलामा ४ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला ४ सयले बढेको सुन एक लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको छ । यो मूल्य उच्च हो । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ६९ हजार ८ सय रुपैयाँ कायम थियो ।

त्यस्तै आज सुनसँगै चाँदीको भाउमा वृद्धि भएको छ । तोलामा ९७० रुपैयाँमा कारोबार भएको छ । साथै,आज अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ९२८.८६ डलर कायम भएको छ ।