काठमाडौँ । यो साता नेप्से परिसूचक २१.३४ अंकले गिरावट आयो । गत साता १.५८ प्रतिशत अर्थात् ४२.०४ अंक बढेर २६९९.८१ विन्दुमा पुगेको थियो। यो साताको अन्तिमका दिन गत साताको तुलनामा २१.३४ अंकले घटेर २६७८.४७ अंकको विन्दुमा झरेको छ।

साताभरमा भएका ५ कारोबार दिनमध्ये २ कारोबार दिन नेप्से बढेको थियो भने ३ कारोबार दिन घटेको थियो। यस साताको पहिलो कारोबार दिन आइतबार बजार ११.४९ अंकले घट्दै २६८८.२१ बिन्दु कायम भएको छ। आइतबार १ करोड ५८ लाख ५५ हजार ६१० कित्ता सेयरको ८ अर्ब ३९ करोड ८६ लाख बराबरको कारोबार भएको थियो ।

त्यस्तै, सोमबार बजार परिसूचक १०.९८ अंकले घटेर नेप्से २६७७.३२ अंकमा पुगेको थियो । उक्त दिन ६ अर्ब ९६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। मंगलवारका दिन १ करोड ३९ लाख ६८ हजार दुई सय ५८ कित्ता शेयर ७ अर्ब २४ करोड ६२ लाख २१ हजार २६० बराबरको कारोबार भएको थियो ।

साथै, बुधवार सेयर बजार परिसूचक नेप्से १.८६ अंकले बढेर २६८५.७३ विन्दुमा पुगेको थियो । उक्त दिन करिब ८ अर्ब ७२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । भने अन्तिम कारोबारका दिन बिहीबार नेप्से परिसूचक ७.२६ अंकले घटेर २६७८.४७ विन्दुमा झरेको थियो ।

गत साता नेप्से परिसूचक साढे १ प्रतिशत बढेर बन्द भएको थियो ।गत साता १.५८ प्रतिशत अर्थात् ४२.०४ अंक बढेर २६९९.८१ विन्दुमा पुगेको छ । शेयर बजारमा देखिएको अस्थिरताका कारण लगानीकर्तामा अन्यौलता सृजना भएको छ । बजारले गति लिन नसक्दा उनीहरू पर्ख र हेरको अवस्थामा रहेका छन् ।