काठमाडौं । बीमा प्राधिकरणका २ जना अधिकृतको बढुवा भएको छ ।

प्राधिकरणको कानुन शाखामा कार्यरत अधिकृतहरु सविता थापा र रन्जिता केसी उप–निर्देशकमा बढुवा भएका हुन् ।
उनीहरुलाई फागुन ३ गते भएको निर्णय अनुसार आन्तरिक मूल्यांकनको आधारमा उनीहरुको बढुवा गरिएको प्राधिकरणले जनाएको छ ।

आन्तरिक मूल्यांकनमा थापाले ८१.९७६ र केसीले ८१.६६ अंक ल्याएर बढुवा भएका हुन् । प्राधिकरणको निर्देशकलाई उप–सचिव वा सो सरह मानिन्छ ।

प्राधिकरणले कर्मचारीहरु बढुवाका लागि दिएको आवेदनको आधारमा उम्मेदवारहरुको कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता, शैक्षिक योग्यता र तालिमवापत प्राप्त गरेको कूल अङ्कको आधारमा बढुवा गरेको हो ।