काठमाडौं ।आजको विश्व बजारमा पैसाको आवश्यकता कसलाई नहोला ? नेपालको हकमा चरम आर्थिक मन्दी र बढ्दो बेरोजगारको हकमा कम लगानी गरेर मनग्य आम्दानी गरौँ भन्ने चाहाना कसको पो नहोला र तर शेयर बजारमा कसरी लगानी गर्ने वा कसरी आम्दानी गर्ने भन्ने आवश्यक ज्ञानको अभावको कारण आम लगानीकर्ता मारका परेका छन् ।
आजको समयमा थोरै लगानी गरेर शेयर बजारबाट मनग्य पैसा कमाएका कयौँ व्यक्तिहरू छन् । सबैलाई लाग्न सक्छ कि शेयर बजारमा सजिलै पैसा कमाउन सकिन्छ। यो सम्भव पनि छ। त्यसो भए किन धेरै साना लगानीकर्ता घाटा भोगेर बाहिरिन्छन् ? यसको पछाडिको कारण बजार सम्बन्धी ज्ञानको अभाव कि हो हल्लाको प्रभाव ?
शेयर बजारबाट अधिकांश लगानीकर्ताले पैसा कमाउन नसकेको कटु सत्यको बिचमा प्रत्येक साना लगानीकर्ताले शेयर बजारमा प्रवेश गर्नुअघि यो तथ्यांकलाई ध्यानमा राख्न जरुरी छ। निराशामा पैसा आर्जन गर्नु अगाडि यस विषयमा आवश्यक ज्ञान हुन आवश्यक छ ।
शेयर बजारमा लगानी गरेर कमाउन सकिने लगानीकर्ता तारा प्रसाद फुल्लेलको केही सुझाव यस प्रकार छन् ।
शेयर बजारबाट पैसा कमाउनका लागि निम्न कुरामा ध्यान दिनुपर्छ:
१. ज्ञान र अनुसन्धान • बजारले कसरी काम गर्छ भन्ने बुझ्नुहोस् !
• कम्पनीहरूको वित्तीय विवरण (Balance Sheet, Income Statement, Cash Flow) विश्लेषण गर्नुहोस् ! • बजारको प्रवृत्ति (Market Trends) बुझ्न नियमित अध्ययन गर्नुहोस् !
२. लामो समयको दृष्टिकोण (Long-Term Investing) • छोटो अवधिमा नाफा कमाउने लालचमा कहिलेकाहीँ झुक्किन सकिन्छ • राम्रा कम्पनीहरूमा दीर्घकालीन लगानी गर्नुहोस् ! • कम्पाउन्डिङ (Compounding) को फाइदा लिन patience धैर्यता राख्नुहोस् !
३. लगानीको विविधीकरण (Diversification) • सबै पैसा एउटै कम्पनी वा क्षेत्रमा लगानी नगर्नुहोस् ! • विभिन्न सेक्टरका राम्रा कम्पनीहरू छानेर लगानी गर्नुहोस् !
४. सही समयको छनोट (Timing the Market) • बजार गिरावटमा हुँदा राम्रा सेयरहरू किन्ने अवसर खोज्नुहोस् ! • अत्यधिक महँगो भइसकेको सेयर किन्नु भन्दा wait गरेर Buy गर्दा राम्रो हुन्छ !
५. भावनात्मक निर्णय • डर (Fear) वा लोभ (Greed) मा आएर लगानी नगर्नुहोस् ! • बजार घट्दा बेचिहाल्ने वा बजार बढ्दा अत्यधिक Buy गर्न बाट जोगिनुहोस् !
६. लाभांश (Dividend) र ग्रोथ (Growth) मा ध्यान दिनुहोस ! • लाभांश दिने कम्पनीहरूमा लगानी गर्दा स्थिर आम्दानी हुन्छ ! • उच्च ग्रोथ गर्ने कम्पनीहरू लामो समयका लागि राम्रा हुन सक्छन ! ७. प्रविधि र खबरहरूसँग अपडेट रहनुहोस् ! • बजारसम्बन्धी समाचार, कम्पनीको अपडेट, सरकारी नीतिहरू नियमित रूपमा हेर्नुहोस् ! • SEBON, NEPSE, र कम्पनीका Annual Report जस्ता स्रोतहरू अध्ययन गर्नुहोस् !
८. जोखिम व्यवस्थापन (Risk Management) • लगानी गर्ने रकम यस्तो हुनुपर्छ, जुन गुम्दा आफूलाई ठुलो असर नपरोस् ! • स्टप-लस (Stop-Loss) सेट गरेर अत्यधिक घाटाबाट बच्न सकिन्छ !
९. धैर्य र निरन्तरता (Patience & Consistency) • बजारमा सफलता सधैँ हात पर्दैन , निरन्तर सिक्दै जानुपर्छ ! • शेयर बजारमा अनुभव नै सबैभन्दा ठुलो सिकाइ हो ! वारेन बफेटको शेयर बजारमा लगानी गर्ने शैली “Value Investing” मा आधारित छ, जसको मूल सिद्धान्त लामो समयसम्म टिकाउ लगानी गर्ने हो ! उहाँले दिएको प्रमुख फर्मुला वा सिद्धान्तहरू यस्ता छन् !
१. गुणस्तरीय कम्पनी रोज्ने • बलियो व्यवस्थापन, राम्रो ब्रान्ड र प्रतिस्पर्धी फाइदा भएका कम्पनी खोज्ने ! • वित्तीय हिसाबले मजबुत र ऋण कम भएका कम्पनीहरू प्राथमिकता दिने !
२. वास्तविक मूल्यभन्दा कम मूल्यमा किन्नु (Margin of Safety) • बजारमा शेयरको मूल्य कहिलेकाहीँ कम वा बढी हुन सक्छ, त्यसैले वास्तविक मूल्यभन्दा कममा किन्ने प्रयास गर्नु ! • राम्रो कम्पनी तर अल्पकालीन समस्याका कारण सस्तो भएको शेयर किन्नु !
३. बजारका उतारचढाव (Market Fluctuation) बाट प्रभावित नहुने ! • बजारको छोटो समयको उतारचढावमा नडराउने ! • Be fearful when others are greedy, and be greedy when others are fearful भन्ने उनको उद्धरणले बजारको मनोवैज्ञानिक पक्ष बुझ्न प्रेरित गर्छ !
४. लामो समयका लागि लगानी गर्ने (Long-term Perspective) • छिटो नाफा खोज्नु सट्टा, लामो समय सम्म धैर्य गर्न तयार हुने ! • राम्रो कम्पनीमा लगानी गरी लाभांश (Dividend) र पुँजी वृद्धिबाट समेत कमाउने !
५. बुझेका कम्पनीहरूमा लगानी गर्ने (Invest in What You Understand) • जुन व्यवसाय वा क्षेत्र बुझिँदैन त्यहाँ पैसा Invest नगर्ने ! • प्रविधि वा ट्रेन्डको पछि नलागी, समयको परीक्षा पास गरेका कम्पनीहरूमा लगानी गर्ने !
६. आर्थिक रूपमा अनुशासित हुने ! • अनावश्यक ऋण लिएर लगानी नगर्ने ! • आफ्नै आम्दानीअनुसार बचत गर्ने र पुनः लगानी गर्ने !
७. भावनात्मक निर्णय नगर्ने • डर वा लोभले लगानी गर्ने बानी नबसाल्ने ! • बजार गिरावट हुँदा वा उकालो लाग्दा पनि सोच-विचार गरेर मात्र निर्णय गर्ने !
८. राम्रो अवसर आउँदासम्म पर्खने (Patience is Key) • प्रत्येक दिन किनबेच गर्नै पर्छ भन्ने छैन ! • अवसर आएपछि मात्र पैसा लगानी गर्ने ! वारेन बफेटको लगानी रणनीति “Buy and Hold” मा आधारित छ, जहाँ राम्रा कम्पनीहरूको शेयर किनेर वर्षौँसम्म होल्ड गरिन्छ ! बजारमा सफल हुन धैर्य, अनुशासन र बुद्धिमानी निर्णय लिन सक्नु मुख्य कुरा हो !