काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ७५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ७५ प्रतिशत अर्थात कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.७५ कित्ता शेयर निष्काशन गरेको हो । शेयरमा असार १० गतेसम्म आवेदन दिने अन्तिम दिन भएता पनि उक्त अवधिमा कम्पनीको शेयर सबै विक्री नभएकाले भोलि असार २५ गतेसम्म आवेदन दिन सकिनेछ ।

यस अनुसार कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

लगानीकर्ताले लक्ष्मी क्यापिटल, हिमालयन दोलखा हाइड्रोपावर तथा लक्ष्मी बैंकको इलाम शाखाबाट आवेदन दिन सक्नेछन् ।